• वैशाख १४, २०८३, सोमवार Monday, 27 April, 2026

कांग्रेस कार्यसम्पादन र अनुशासन समितिको बैठक आज

  • खबरदाता

कांग्रेस कार्यसम्पादन र अनुशासन समितिको बैठक आज

नेपाली कांग्रेस कार्यसम्पादन र केन्द्रीय अनुशासन समितिको बैठक आज  बस्दै छ ।

कार्यसम्पादन समितिको बैठक बिहान ११ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी आह्वान गरिएको पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए । बैठकमा समसामयिक राजनीतिकलगायत विषयमा छलफल गरिने दुलालले बताए ।

त्यस्तै, दिउँसो २ बजे बस्ने गरी केन्द्रीय अनुशासन समितिको बैठक आह्वान गरिएको समितिका सचिव दिनेश थापामगरले जानकारी दिए ।

पार्टी केन्द्रीय कार्यालय सानेपामै बस्ने बैठकमा पछिल्लो समय स्पष्टीकरण मागिएका नेताहरूका डकुमेन्टलगायत विषयमा छलफल गरिनेछ ।

आफूहरूले पूर्वउपसभापति पूर्णबहादुर खड्कालाई स्पष्टीकरण सोधेको विषयका पत्रहरू कार्यसम्पादन समितिमा बुझाइसकेको समितिका सभापति तारामान गुरुङले जानकारी दिए ।

  • प्रकाशित मिति : वैशाख १४, २०८३, सोमवार ०६:२९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८