राष्ट्रपति रामचन्द्र पौडैलले संघीय संसद्को दुवै अधिवेशन आह्वान गरेका छन् ।
वैशाख १७ गते बिहीबार दिउँसो २ बजे संघीय दुवै सदनको अधिवेशन आह्वान भएको राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा भनिएको छ।
संविधानको धारा ९३ मा मा सरकारको सिफारिसमा राष्ट्रपतिले संसद्को अधिवेशन आह्वान र अन्त्य गर्नसक्ने व्यवस्था छ।
चैत १८ गते राष्ट्रपति पौडेलले सरकारको सिफारिसमा संसद्को अधिवेशन अन्त्य गरेका थिए । यस अधिवेशन अब बजेटमा केन्द्रित हुनेछ ।
जेठ १५ भित्र संसद्बाट बजेट पारित हुनुपर्ने संवैधानिक प्रावधान छ । बजेट पारित अघि संसद्मा बजेटका प्राथमिकता सरकारका नीति तथा कार्यक्रम लगायतका विषयमा प्रि बजेट छलफल हुनेछ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८