• वैशाख ५, २०८३, शनिवार Saturday, 18 April, 2026

गगन थापाको आह्वान– सबै एक ढिक्का भएर अघि बढौँ

  • खबरदाता

गगन थापाको आह्वान– सबै एक ढिक्का भएर अघि बढौँ

नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीका सबै नेता–कार्यकर्तालाई एक ढिक्का भएर अघि बढ्न आह्वान गरेका छन् । समुन्नत नेपाल बनाउन योगदान दिन सक्ने पार्टी निर्माणका निम्ति सबै एकजुट हुनुपर्नेमा उनले जोड दिएका छन् ।

“अग्रजहरूको योगदानको सम्मान गर्दै, नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्न सक्ने र समुन्नत नेपाल बनाउन योगदान दिन सक्ने पार्टी बनाउन अब हामी सबै एक ढिक्का भएर अघि बढौँ,” उनले शनिबार सामाजिक सञ्जालमा लेखेका छन् ।

कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्च अदालतले शुक्रबार ९वैशाख ४० गगन नेतृत्वको कार्यसमितिलाई वैधता दिएको थियो । सर्वोच्चको आदेशले एकताबद्ध भई पार्टीलाई फेरि बलियो बनाउने वातावरण बनेको उनले उल्लेख गरेका छन् ।

तीन कारण देखाउँदै सर्वोच्चले दियो कांग्रेसको नेतृत्वमा गगनलाई वैधता ९पूर्णपाठ०
“सम्मानित सर्वोच्च अदालतको निर्णयले पार्टीका सबै साथीहरूलाई एकताबद्ध बनाउँदै पार्टीलाई फेरि बलियो बनाउने साझा यात्रामा अघि बढ्ने वातावरण बनाएको छ,” उनले भनेका छन्, “यो कुनै जित–हारको विषय होइन, विधि, प्रक्रिया र लोकतान्त्रिक अभ्यासको विषय हो ।”

अब आ–आफ्नो ठाउँबाट अझ जिम्मेवारीका साथ पार्टीको एकता र पुनर्जागरणका निम्ति सकारात्मक भूमिका निर्वाह गर्नुपर्ने उनले बताएका छन् ।

कांग्रेसको १५औँ महाधिवेशनलाई पार्टी रूपान्तरण र सुदृढ बनाउने अवसरका रूपमा उपयोग गर्न पनि उनले आह्वान गरेका छन् । “पन्ध्रौँ महाधिवेशनको प्रक्रिया अगाडि बढिसकेको छ । महाधिवेशनलाई सफल पार्दै पार्टीलाई रूपान्तरण र सुदृढ बनाउने अवसरका रूपमा उपयोग गरौँ,” सभापति थापाले लेखेका छन् ।

  • प्रकाशित मिति : वैशाख ५, २०८३, शनिवार १२:३६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८