• वैशाख ४, २०८३, शुक्रवार Friday, 17 April, 2026

आज र भोलि तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

  • खबरदाता

आज र भोलि तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

जल तथा मौसम विज्ञान विभागले आज र भोलि (शुक्रबार र शनिबार) तातो दिन हुने जनाएको छ । देशका अधिकांश स्थानहरूमा तापक्रम बढ्ने क्रममा छ । मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईलगायत अन्य भागमा तातो दिन हुने पूर्वानुमान विभागले गरेको मौसमविद् विनु महर्जनले बताइन् । सो समयमा त्यसको असरबाट बच्न आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

“देशका अधिकांश स्थानहरूमा तापक्रम बढ्ने क्रममा छ । मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईलगायत अन्य केही भूभागमा तातो दिन हुने सम्भावना रहेकोले विभागको पछिल्लो सूचनामा अध्यावधिक रहनुहुन तथा आवश्यक सतर्कता अपनाउनुहुन अनुरोध छ,” विभागले भनेको छ ।

नेपालमा हाल पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव छ । आज (वैशाख ४) दिउँसो कोसी, वाग्मती र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागमा तथा बाँकी हिमाली भूभागमा साधारणतया बादल लाग्ने र बाँकी भूभागमा आंशिक बादल लाग्नेछ । कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्का वर्षारहिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईलगायत अन्य केही भूभागमा तातो दिन हुने सम्भावना छ।

राति, कोसी र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागमा तथा बाँकी प्रदेशको हिमाली भूभागमा साधारणतया बादल लाग्ने, बाँकी पहाडी भूभागमा आंशिक बादल लाग्ने र तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोसी र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभाग तथा वाग्मती र कर्णाली प्रदेशको हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षारहिमपातको सम्भावना छ ।

विभागका अनुसार, शनिबार ९वैशाख ५० कोसी प्रदेशलगायत वाग्मती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा तथा लुम्बिनी प्रदेशको पहाडी र हिमाली भभागलगायत कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्का वर्षारहिमपातको सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईलगायत अन्य केही भूभागमा तातो दिन हुने पूर्वानुमान विभागले गरेको छ ।

  • प्रकाशित मिति : वैशाख ४, २०८३, शुक्रवार ०६:२१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८