• जेठ ४, २०८३, सोमवार Monday, 18 May, 2026

कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन

  • खबरदाता

कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन

गृहमन्त्री सुधन गुरुङले कानुन कार्यान्वयनमा दह्रोसँग उभिन सुरक्षाकर्मीलाई निर्देशन दिएका छन् ।

जावलाखेलस्थित जिल्ला प्रहरी परिसर ललितपुरको निरीक्षणका क्रममा उनले पारदर्शी ढंगबाट कार्यसम्पादन गर्न निर्देशन दिएका हुन् ।

मन्त्री गुरुङले ललितपुरको सातदोबाटोस्थित प्रहरी वृत्तको पनि निरीक्षण गरेको जिल्ला प्रहरी परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

गृहमन्त्री गुरुङले आजै रामशाहपथस्थित काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको पनि निरीक्षण गरेका छन् । रासस

  • प्रकाशित मिति : चैत १४, २०८२, शनिवार १२:३६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८