नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गर्नका लागि नेपाल प्रहरीको टोली अत्यत्न जरुरी पक्राउ पुर्जी बोकेर गुन्डु पुगेको छ।
प्रहरीको उच्च स्रोतले बाह्रखरीलाई दिएको जानकारीअनुसार ओलीलाई पक्राउ गर्न टोली पुगेको हो ।
ओलीलाई पक्राउ गर्न मन्त्रिपरिषद्का कागजातसहित प्रहरी पुगेको छ ।
एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा सरकार रहेका बेला भदौ २३ र २४ गते जेनजी आन्दोलन भएको थियो ।
७६ जनाको ज्यान जानेगरी भएको आन्दोलनको मुख्य दोषी ओलीलाई ठहर गरेको छ । पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन कार्यान्वयन गर्न सरकारले निर्णय गरेलगत्तै दोषी ठहर गरेलगत्तै ओलीलाई पक्राउ गर्न प्रहरी निवासमै पुगेको हो ।
गुन्डुमा रहेकी एमाले नेतृ रामकुमारी झाँक्रीले राति नै प्रहरी आइपुगेको बताइन् ।
“अध्यक्ष्यज्यूलाई एकैछिन आराम गर्न दिउँ डिस्टर्ब नगरौँ भनेर हो,” उनले भनिन्, “यहाँ राति नै प्रहरी आउनुभएको छ । मन्त्रिपरिषदका कागजात र पक्राउ पुर्जी लिएर आउनुभएको छ ।”
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८