• असार २७, २०८३, शनिवार Saturday, 11 July, 2026

सुनसरी १ मा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ विजयी

  • खबरदाता

सुनसरी १ मा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ विजयी

सुनसरी क्षेत्र नम्बर १ बाट श्रम संस्कृति पार्टीका उम्मेदवार हर्क साम्पाङ विजयी भएका छन्।

साम्पाङ श्रम संस्कृति पार्टीका अध्यक्ष हुन्।

साम्पाङ ३५ हजार ७४१ मत ल्याएर विजयी भए। यहाँ कूल मत ८७ हजार ४७१ खसेको थियो।

साम्पाङ धरान उपमहानगरको मेयर पदबाट राजीनामा दिएर चुनाव उठेका थिए।

यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार गोमा तामाङ (सरिन) ले २७ हजार २४९ मत ल्याएकी छन्।

साम्पाङले ८४९२ मतान्तरले तामाङलाई पछि पारेका हुन्।

श्रम संस्कृति पार्टीले २ स्थानमा जित निकालिसकेको छ भने एक स्थानमा अघि छ।

  • प्रकाशित मिति : फागुन २४, २०८२, आइतवार १५:०२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८