• कात्तिक २०, २०८३, शुक्रवार Friday, 06 November, 2026

जेन–जी घटनासम्बन्धी जाँचबुझ आयोगले प्रधानमन्त्रीलाई बुझायो प्रतिवेदन

  • खबरदाता

जेन–जी घटनासम्बन्धी जाँचबुझ आयोगले प्रधानमन्त्रीलाई बुझायो प्रतिवेदन

जेन–जी आन्दोलन जाँचबुझ आयोगको टोलीले आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पुगेर प्रतिवेदन बुझाएको छ ।

आयोगका अध्यक्ष गौरीबहादुर कार्की, सदस्य विज्ञानराज शर्मा र कानुन विशेषज्ञ विश्वेश्वर भण्डारी नेतृत्वको टोलीले प्रधानमन्त्री सुशीला कार्कीलाई प्रतिवेदन हस्तान्तरण गरेका हुन् । आयोगका कर्मचारीहरूले प्रतिवेदनसहित अन्य कागजातहरू कार्यालयभित्र प्रवेश गराएका थिए ।

अन्तरिम सरकार बनेसँगै ५ असोजमा जेन–जी आन्दोलनबारे छानबिन गरी सत्यतथ्य पत्ता लगाउन तीन सदस्यीय जाँचबुझ आयोग गठन गरिएको थियो ।

  • प्रकाशित मिति : फागुन २४, २०८२, आइतवार १२:४२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८