मोरङ – मोरङ क्षेत्र नम्बर ६ मा नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला भारी मतले पछि परेका छन् । उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार रुबिना आचार्यले फराकिलो मतले पछि पारेकी हुन्।
हालसम्मको मतगणनाअनुसार आचार्यले ३ हजार ४२३ मत प्राप्त गरेकी छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले ७२८ मत ल्याएका छन्।
त्यस्तै नेकपा (एमाले) का विनोद प्रसाद ढकालले ६२७ मत प्राप्त गरेका छन् । यहाँ राष्ट्रिय प्रजातन्त्र पार्टीका सविन निरौलाले १५५ मत पाएका छन्।
नेपाली कम्युनिष्ट पार्टीका ओपेन्द्र कुमार रायले ११० मत प्राप्त गरेका छन्। स्वतन्त्र उम्मेदवार खडा नन्द रिजाल र किरण खडकाले भने हालसम्म मत प्राप्त गर्न सकेका छैनन्।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८