काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १ को पछिल्लो मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० की उम्मेदवार रञ्जु न्यौपानेले आफ्नो अग्रतालाई निकै मजबुत बनाएकी छन्। निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको प्रारम्भिक विवरण अनुसार न्यौपानेले २६१४ मत प्राप्त गर्दै प्रतिस्पर्धीहरूलाई निकै पछि पारेकी हुन्।
उनलाई नेपाली कांग्रेसका उम्मेदवार प्रबल थापा क्षेत्रीले पछ्याइरहेका छन्। थापाले हालसम्म १४१३ मत प्राप्त गरेका छन्। रञ्जु र प्रबलबीचको यो मतान्तरले काठमाडौँ-१ को चुनावी प्रतिस्पर्धामा रास्वपाको बलियो पकड देखिएको छ।
त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार रवीन्द्र मिश्रले हालसम्म ७१२ मत प्राप्त गरेका छन् भने नेकपा (एमाले) का उम्मेदवार मोहन राज रेग्मीको पोल्टामा २३६ मत परेको छ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८