• जेठ १०, २०८३, आइतवार Sunday, 24 May, 2026

बबई– १ मा १० मत खस्यो, बबई–७ सुनसान

  • खबरदाता

बबई– १ मा १० मत खस्यो, बबई–७ सुनसान

दाङ । स्थानीयले बहिष्कार गरेपछि दाङको बबई गाउँपालिका–१ जिलामा १० मत खसेको छ भने बबई–७ मलईमा अझैसम्म मत खसेको छैन ।

६८२ मतदाता रहेको बबई गाउँपालिका–१ जनता आधारभूत विद्यालयमा दिउँसो पौने ४ बजेसम्म ५ महिला र ५ पुरुष गरी १० जनाले मतदान गरेको निर्वाचन अधिकृत चिरञ्जीवी खड्काले जानकारी दिए।

यस्तै, बबई गाउँपालिका–७ तल्लो मलैखोलास्थित देउती माविमा अहिलेसम्म मत खसेको छैन । ५३० मतदाता रहेको मतदान केन्द्रमा अहिलेसम्म मतदान नभएको मतदान अधिकृत टेकबहादुर खड्काले जानकारी दिए ।

बबई गाउँपालिका–१ र ७ अन्तर्गत बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने स्थानीयले बस्ती स्थान्तरणको माग राख्दै निर्वाचनमा मतदान नगर्ने अडान राख्दै आएका छन् । आफ्ना माग सम्बोधन नभएपछि मतदान प्रक्रियामा सहभागी नहुने निर्णय गरेको स्थानीय प्रेम पुनले जानकारी दिए।

 

  • प्रकाशित मिति : फागुन २१, २०८२, बिहीवार १६:४१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८