प्रतिनिधिसभा निर्वाचनमा देशकै ध्यान केन्द्रित भएको झापा निर्वाचन क्षेत्र नम्बर–५ मा शान्तिपूर्ण तवरले मतदान भइरहेको छ।
झापा–५ का विभिन्न मतदान केन्द्रमा निर्वाचन भइरहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापा–५ मा सबैभन्दा बढी उम्मेदवारी परेको छ।
सो क्षेत्रमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा निवर्तमान काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) बीच चर्को प्रतिष्पर्धा हुने अनुमान छ। झापा क्षेत्र नम्बर ५ मा एक लाख ६३ हजार ३७९ मतदाता रहेका छन्।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८