पोखराबाट काठमाडौं आउँदै गरेको यात्रुवाहक बस धादिङमा दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । २७ जना घाइते भएका छन् ।
“उद्धार कार्य सकिएको छ । हामीले उद्धार गरेर स्थानीय अस्पताल र जिल्ला अस्पताल धादिङ पुर्याएका छौँ,” धादिङका सहायक प्रमुख जिल्ला अधिकारी मोहनप्रसाद निरौलाले भने, “उहाँहरूलाई अवस्था हेरर विभिन्न अस्पताल पठाउने काम भएको छ । केहलिाई ट्रमा सेन्टर काठमाडौं र नेसनल हस्पिटल पठाएका छौँ ।”
उनका अनुसार बसमा ४४ यात्रु सवार थिए ।
तीनवटै सुरक्षा निकायबाट खटिएका सुरक्षाकर्मीले डुंगाबाट उद्धार गरेका थिए ।
ग १ ख १४२१ नम्बरको बस गएराति साढे १ बजे धादिङको बेनिघाट रोराङ गाउँपालिका–५ भैँसीगौडास्थित पृथ्वी लोकमार्गबाट त्रिशूली नदी किनारमा खसेको थियो ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८