• असार २८, २०८३, आइतवार Sunday, 12 July, 2026

ओलीले भने- पब्लिक डिबेटका लागि तयार छु

  • खबरदाता

ओलीले भने- पब्लिक डिबेटका लागि तयार छु

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफू पब्लिक डिबेटका लागि तयार भएको जनाएका छन् । आइतबार फेसबुकमा गरेको पोस्टमा ओलीले आफू पब्लिक डिबेटका लागि तयार भएको उल्लेख गरेका हुन् ।

नयाँ र पुराना दलहरू पार्टीको तर्फबाट प्रधानमन्त्रीको उमेदवार घोषणा गर्दै चुनावमा होमिएको स्थितिमा सार्वजनिक वृत्तबाट त्यस्तो माग आएकोमा आफू सकारात्मक रहेको ओलीको भनाइ छ ।

ूदेशको नेतृत्व गर्न खोज्ने दलहरूका एजेण्डा के छन्, देश निर्माणमा यसअघि के काम गरे, अब गर्ने कामको रोडम्याप, योजना र खाका के छ रु सार्वजनिक रूपमा उठेका यस्ता प्रश्नहरूमा आमने सामने बहसको माग अत्यन्त सकारात्मक छ, ओलीले भनेका छन्, यस्तो पब्लिक डिबेटमा आमने सामने उभिएर यसअघि हामीले के-के गर्‍यौँ भन्ने तथ्य र अब कसरी काम गर्छौं भन्ने एजेण्डा प्रस्तुत गर्न म तयार छु ।

  • प्रकाशित मिति : माघ ११, २०८२, आइतवार ०८:०२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८