• मंसिर ७, २०८३, सोमवार Monday, 23 November, 2026

गोरखाबाट चुनाव लड्दै बाबुराम भट्टराई

  • खबरदाता

गोरखाबाट चुनाव लड्दै बाबुराम भट्टराई

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई गोरखा– २ बाट चुनाव लड्ने भएका छन् । नेपाल प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षकसमेत रहेका उनले यसअघि चुनाव नलड्ने घोषणा गरेका थिए ।

भट्टराईले आम मतदाता, शुभचिन्तक र अन्य पार्टी नेता–कार्यकर्ताहरूको समेत आग्रहअनुसार पुनः उम्मेदवार बन्ने निर्णय गरेको जानकारी दिए ।

‘नयाँ पुस्तालाई अघि सारौँ भनेर मैले चुनाव नलड्ने निर्णय गरेको थिएँ । र पार्टीमा पनि त्यसैगरी नेतृत्व हस्तान्तरण गरेको थिएँ, उनले भने, ‘तर, गोरखाका जनताले राष्ट्रिय दायित्व निर्वाह गर्नुपर्ने अवस्था आउन सक्छ भनेर भावुक परिस्थिति बनाउनुभयो र म गोरखा आइपुगेँ ।’

  • प्रकाशित मिति : माघ ४, २०८२, आइतवार १९:५० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८