• मंसिर ७, २०८३, सोमवार Monday, 23 November, 2026

धरानका नगरप्रमुख हर्क साम्पाङले दिए राजीनामा

  • खबरदाता

धरानका नगरप्रमुख हर्क साम्पाङले दिए राजीनामा

धरान । धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्क साम्पाङले पदबाट राजीनामा दिएका छन् । आइतबार नगरप्रमुख साम्पाङले उपप्रमुख अईन्द्र विक्रम बेघालाई औपचारिक रूपमा राजीनामा पत्र बुझाएका हुन् ।

राजीनामा बुझाउँदै नगरप्रमुख साम्पाङले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सुनसरी क्षेत्र नम्बर १ बाट उमेदवार बन्ने तयारीका कारण पदबाट राजीनामा दिएको जानकारी दिए ।

उनले स्थानीय तहको नेतृत्व सम्हाल्ने क्रममा जनताबाट प्राप्त विश्वास, साथ र सहयोगप्रति आभार व्यक्त गर्दै आगामी राजनीतिक यात्रामा समेत जनसमर्थनको अपेक्षा रहेको बताए। साथै उनले राष्ट्रिय तहमा पुगेर प्रधानमन्त्री भै आफ्ना योजना र एजेन्डा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए ।

नगरप्रमुख साम्पाङ श्रम संस्कृति पार्टीबाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने भएका छन्। उक्त पार्टीको चुनाव चिन्ह ‘अञ्जुलीभित्रको माटो’ रहेको छ।

साम्पाङले २०७९ जेठ १० गते कार्यभार सुम्फिएका थिए । नगरप्रमुख साम्पाङले ३ बर्ष ८ महिना २४ दिन कार्य भार सम्हालेका थिए ।

  • प्रकाशित मिति : माघ ४, २०८२, आइतवार १९:१६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८