• मंसिर ७, २०८३, सोमवार Monday, 23 November, 2026

कांग्रेस संस्थापन पक्षको पत्रकार सम्मेलन स्थगित

  • खबरदाता

कांग्रेस संस्थापन पक्षको पत्रकार सम्मेलन स्थगित

नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले गर्ने भनेको पत्रकार सम्मेलन स्थगित भएको छ । शुक्रबार दिउँसो १ः ०० बजे पार्टी केन्द्रीय कार्यालय, सानेपामा गर्ने भनिएको पत्रकार सम्मेलन स्थगित गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आइतबारदेखि २ दिन काठमाडौँको भृकुटीमण्डपमा विशेष महाधिवशेन बोलाएका छन् ।

त्यो विशेष महाधिवेशनलाई पार्टी केन्द्रीय कार्यालयले विधानविपरीत भएको भन्दै कार्यसम्पादन समितिबाट निर्णय गर्दै महाधिवशेन प्रतिनिधिहरूलाई उपस्थित नहुन भनेको छ । यसै सन्दर्भमा गर्ने भनिएको पत्रकार सम्मेलन अन्तिम समयमा स्थगित गरिएको हो ।

  • प्रकाशित मिति : पुस २५, २०८२, शुक्रवार ११:५९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८