• जेठ ४, २०८३, सोमवार Monday, 18 May, 2026

नेपाल प्रहरीका १० एसपीको एसएसपीमा बढुवा

  • खबरदाता

नेपाल प्रहरीका १० एसपीको एसएसपीमा बढुवा

नेपाल प्रहरीले १० प्रहरी उपरीक्षक (एसपी)हरुलाई वरिष्ठ प्रहरी उपरीक्षकमा बढुवा गरेको छ ।

नेपाल प्रहरी विशेष सुरक्षा गण कञ्चनपुरमा कार्यरत रामप्रकाश शाह एक नम्बरमा बढुवामा परेका छन् ।

यस्तै, भुवनेश्वर तिवारी, ऋषिराम कँडेल, सुरेश प्रसाद काफ्ले, श्याम सिंह चौधरी पनि क्रमशः बढुवा भएका छन् ।

यस्तै, नकुल पोखरेल, दिलीप घिमिरे, पदमबहादुर विष्ट, यागेन्द्र सिंह थापा र जिल्ला प्रहरी कार्यालय मकवानपुरमा कार्यरत एसपी सुवाचन्द्र बोहरा पनि दशौँ नम्बरमा एसएसपीमा बढुवा भएका छन् ।

  • प्रकाशित मिति : पुस २४, २०८२, बिहीवार ०६:५२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८