नेपाली कांग्रेसले राष्ट्रियसभाका लागि नौजना उमेदवारको नाम टुंग्याएको छ । कांग्रेसले एमाले र जनता समाजवादी पार्टीसँग मिल्नेगरी आफूलाई नौ सिट राखेर तालेमल गरेको नेपाली कांग्रेसका नेता रमेश लेखकले जानकारी दिए ।
सहमतिअनुसार कांग्रेसले नौ, एमालेले आठ र जसपा नेपालले एक सिट पाउने छन् ।
कांग्रेसले नौ उमेदवारको नाम टुंग्याएको छ । जसअनुसार कोसी प्रदेशमा सुनीलबहादुर थापा, मधेसमा धनेन्द्र पासवान र रञ्जित कर्ण, वाग्मतीमा गीता देवकोटा, लुम्बिनीमा बासुदेव जंगली र चन्द्रबहादुर केसीलाई उमेदवार बनाउने भएको छ ।
कर्णालीमा ललितजंग शाही, गण्डकीमा प्रजातान्त्रिक प्राध्यापक संघका अध्यक्षसमेत रहेका जगत तिमिल्सिना र सुदूरपश्चिममा पूर्वमहान्यायाधीशवक्तासमेत रहेका वरिष्ठ अधिवक्ता खम्मबहादुर खाती राष्ट्रियसभा सदस्यका उमेदवार बनेका छन् ।
माघ ११ गते हुने निर्वाचनका लागि आज उमेदवारी मनोनय हुँदै छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८