सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नं. ४ स्थित पर्यटकीय क्षेत्र सहिद पार्कनजिकको जंगलमा एक युवक र एक युवती मृत अवस्थामा फेला परेका छन् । उनीहरू भैरव सामुदायिक वन तथा सहिद पार्कनजिकको जंगल क्षेत्रमा मृत भेटिएका हुन् ।
मृतक दुवैजनाको हालसम्म पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । प्रहरीका अनुसार बुधबार बिहान मर्निङ वाक गर्ने स्थानीयले जंगलमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
सूचना प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा पुगेर घटनाको कारण र मृतकको पहिचान खुलाउने विषयमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८