• वैशाख २२, २०८३, मंगलवार Tuesday, 05 May, 2026

आज २०८२ साल पुस ७ गते सोमबारको राशिफल

  • खबरदाता

आज २०८२ साल पुस ७ गते सोमबारको राशिफल

आज २०८२ साल पुस ७ गते सोमबार तदनुसार सन् २०२५ डिसेम्बर २२ तारिख । पौष शुक्ल पक्षको द्वितिया उपरान्त तृतिया तिथि । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन् । चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ । -ज्योतिष पण्डित सूर्यनाथ लुइटेल

मेष – दिन राम्रो छ । व्यापारमा गरेको प्रयास सफल बन्नेछ । शिक्षाको क्षेत्रमा गरेको मिहिनेतको नतिजा राम्रो प्राप्त हुनेछ । स्वास्थ्यमा सुधार हुनेछ । राज्यको तर्फबाट सेवाको अवसर मिल्नेछ ।

वृष – शुभग्रहको बहुमत रहेको छ । सानो कुरा भए पनि दान गरेर दिनको सुरुवात गरेमा काम बन्नेछ । विपक्षी शान्त भएकाले सोचेको काम गर्दा फाइदा हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ ।

मिथुन – बन्धुसँगको कारोबारबाट फाइदा हुनेछ । स्वास्थ्यमा सुधार हुनेछ । शिक्षाको क्षेत्रमा ढिलासुस्ती हुनेछ । परिवारको सुझाव अनुसार अगाडि बढेमा उत्साह बढ्नेछ । साथीको सहयोगले महत्त्वपूर्ण काम बन्नेछ ।

कर्कट – दिन सहज छ । आज गरेका काम दीर्घकालसम्म रहनेछन् । काम गर्दा सचेत बन्नुपर्ने आवश्यकता देखिन्छ । शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ । राज्यमा सेवाको अवसर मिल्नेछ । परिवारमा उत्साह थपिने दिन छ ।

सिंह – स्वास्थ्यमा सुधार हुनेछ । अचानक नराम्रो शब्द सार्वजनिक हुने भएकाले थोरै बोलेर अगाडि बढ्नुपर्नेछ । परिवारबाट विश्वासघात हुने जोखिम रहेको छ । पूर्वको लामो यात्रामा नजानु राम्रो हुनेछ । विदेशमा गरेको लगानीप्रति आकर्षण बढ्नेछ ।

कन्या – दिन राम्रो छ । दैनिक काम सहजै बन्नेछन् । सानो कुराले मनमा खटपटी भए पनि गुरुसँगको भेटले मन शान्त बन्नेछ । स्वास्थ्यमा सुधार हुनेछ । परिवारसँग रमाइलो गर्ने अवसर मिल्नेछ । घुम्ने अवसर प्राप्त होला ।

तुला – आम्दानी बढ्नेछ । साना कुरामा अल्झिनुभन्दा महत्त्वपूर्ण कामलाई अगाडि बढाउँदा फाइदा हुनेछ । शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ ।

वृश्चिक- शुभग्रहको बहुमत भएकाले महत्त्वपूर्ण काम बन्नेछ । दाजुभाइसँगको सहकार्यले उन्नति हुनेछ । खानपानमा ख्याल नगर्दा रोगले सताउने जोखिम छ । परिवारमा कर्तव्य पूरा गरेर अगाडि बढ्नुपर्ने दिन छ ।

धनु – दिन राम्रो छ । धन आर्जन गर्ने समय आएको छ । सरकारी काममा भन्दा निजी तरिकाले अगाडि बढ्नु राम्रो हुनेछ । कुनै सरकारी पदमा भए बढुवा हुनेछ । उपचारकोक्रममा भए स्वास्थ्यमा सुधार हुनेछ । साथीसँगको भेटले मन शान्त बन्नेछ ।

मकर – दिन सामान्य छ । साथीभाइले आक्रामण गर्ने जोखिम छ । सहकर्मीले भन्दा बाहिरका साथीले तपाईंको प्रशंसा गर्नेछन् । पूर्वको लामो यात्रा नगर्नु उचित हुन्छ । धार्मिक व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ । बिहान उठेर पिपलको दर्शन गरेमा दिन सहज बन्नेछ ।

कुम्भ – शुभग्रहको पहुँचले काम बन्नेछ । धार्मिक अभियान्तासँगको परामर्श फलदायी हुनेछ । रोगको जोखिम बढ्नेछ । साथीभाइको भने साथ र सहयोग मिल्ने योग छ ।

मीन – सोचेको काम बन्नेछ । बोली र व्यवहारमा एकरुपता आवश्यक देखिन्छ । मनमा झन्झट बढ्नेछ । स्वास्थ्यमा समस्या हुने जोखिम छ । प्राविधिक शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ । परिवारको साथ र सहयोग प्राप्त हुनेछ ।

  • प्रकाशित मिति : पुस ७, २०८२, सोमवार ०६:१५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८