• मंसिर ७, २०८३, सोमवार Monday, 23 November, 2026

एमाले महाधिवेशनको मतगणना केहीबेरमा सुरु हुँदै, मुचुल्का तयार पारिँदै

  • खबरदाता

एमाले महाधिवेशनको मतगणना केहीबेरमा सुरु हुँदै, मुचुल्का तयार पारिँदै

नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत आज बिहान सकिएको मतदानको मतगणनाको तयारी हुँदैछ ।

भृकुटीमण्डपमा बुधबार बिहान ९ बजेबाट सुरु भएको मतदान बिहान साढे ६ बजेतिर सकिएपछि मतदानमा प्रयोग भएका ८० वटै मेसिनको छुट्टाछुट्टै मुचुल्का उठाउने काम भइरहेको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ ।

एमालेमा नयाँ नेतृत्व चयनका लागि २ हजार २६३ प्रतिनिधिमध्ये २ हजार २२७ जनाले मतदान गरेका छन् । ३६ जना अनुपस्थित भएका छन् । आयोगका अनुसार गणना सुरु भएको तीन घण्टाभित्र नतिजा आइसक्नेछ ।

एमालेको नयाँ नेतृत्वका लागि केपी शर्मा ओली र ईश्वर पोखरेल प्यानलसहित प्रतिस्पर्धामा छन् ।

  • प्रकाशित मिति : पुस ३, २०८२, बिहीवार ०९:४३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८