• कात्तिक १९, २०८३, बिहीवार Thursday, 05 November, 2026

मिराज ढुंगाना समूहलाई प्रहरीले लगायो सिंहदरबार प्रवेशमा रोक

  • खबरदाता

मिराज ढुंगाना समूहलाई प्रहरीले लगायो सिंहदरबार प्रवेशमा रोक

गरिखान देऊ अभियानका संयोजक ‘जेनजी’ मिराज ढुंगानाको समूहलाई प्रहरीले सिंहदरबार प्रवेशमा रोक लगाएको छ । प्रधानमन्त्री सुशीला कार्कीलाई ज्ञापनपत्र बुझाउन भन्दै मंगलबार (मंसिर ९) सिंहदरबारको गेटमा पुगेको उक्त समूहलाई प्रहरीले प्रवेश नदिएको हो ।

“हाम्रो टिम प्रधानमन्त्री कार्यालय जाँदै थियौँ, तर गेटमै प्रहरीले रोकेर फर्काएको छ । के कारणले फर्कायो हामीले पनि बुझेका छैनौँ,” उनले बाह्रखरीसित भने ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं एसपी पवन भट्टराईले निषेधित क्षेत्रमा पाँचजनाभन्दा बढी मानिस जम्मा भएपछि सोहीअनुसार हटाइएको बताए ।

“सिंहदरबार वरिपरि निषेधित क्षेत्र हो । त्यहाँ पाँचजनाभन्दा बढी जम्मा भएपछि निषेधित क्षेत्रको पालना गरेका हौँ । सिंहदरबार प्रवेश गर्नका लागि त प्रवेश पास लिनुपर्ने होला, नियम पालना गर्नुपर्ने होला नि ?,” उनले भने ।

सोमबार (मंसिर ८) पनि ढुंगानाको टिम प्रधानमन्त्रीलाई ध्यानाकर्षणपत्र बुझाउने भन्दै सिंहदरबार पुगेको थियो । तर, प्रधानमन्त्रीसित भेट सम्भव भएको थिएन ।

  • प्रकाशित मिति : मंसिर ९, २०८२, मंगलवार १४:२३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८