• वैशाख २२, २०८३, मंगलवार Tuesday, 05 May, 2026

आज २०८२ साल मंसिर ६ गते शनिबारको राशिफल

  • खबरदाता

आज २०८२ साल मंसिर ६ गते शनिबारको राशिफल

आज २०८२ साल मंसिर ६ गते शनिबार। मंसिर शुक्ल पक्षको द्वितिया तिथि। तदनुसार सन् २०२५ नोभेम्बर २२ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। – ज्यो. प. सूर्यनाथ लुइटेल

मेष – दिन राम्रो छ । आज सुरुवात गरेको काम दीर्घकालसम्म रहनेछन् । प्राविधिक शिक्षामा प्रगति हुनेछ । निजी क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ । परिवारमा शान्ति मिल्नेछ ।

वृष – दिन राम्रो छ । राजनीतिक क्षेत्रमा सेवाको अवसर प्राप्त हुनेछ । स्वास्थ्यमा सुधार हुनेछ । राजनीतिक संगठनमा अगाडि नबढ्नु राम्रो हुनेछ । परिवारसँगको सम्बन्ध सहज बन्नेछ ।

मिथुन – दिन सहज छ । धनलक्ष्मी योग परेको छ । सम्पत्तिको सदुपयोग गर्नुपर्ने समय छ । गुम्न लागेको सम्पत्ति हात लाग्नेछ । अपरिचित साथीले तपाईंको प्रशंसा गर्नेछन् । शिक्षाको क्षेत्रमा जोस र जाँगर बढ्नेछ ।

कर्कट – अचानक धन खर्च हुनसक्छ । साथीको सहयोग र सल्लाहमा अगाडि बढेमा फाइदा हुनेछ । तपाईंको प्रतिभा प्रदर्शन गर्ने समय छ । काम गर्ने हिम्मत गर्नुपर्नेछ ।

सिंह – सोचेका काम पूरा हुनेछन् । कानूनी लडाइँमा भए तपाईंको पक्षमा निर्णय हुनेछ । शिक्षामा जाँगर बढ्नेछ । लगानी गरेको भए शिक्षाको क्षेत्रमा फाइदा हुनेछ । धार्मिक क्षेत्रमा सहभागी भएर दिनको सुरुवात गरेमा नाफा हुनेछ ।

कन्या – दिन सामान्य छ । परिवारमा विवाद हुनेछ । निजी क्षेत्रमा गरेको लगानीबाट घाटा हुनेछ । राज्यका तर्फबाट भयको जोखिम छ । सल्लाह लिएर गरेको कामबाट मात्र फाइदा हुनेछ ।

तुला – समय राम्रो छ । बौद्धिक क्षेत्रमा नाम र दाम दुवै रहनेछ । बिहान उठेर पिपलको दर्शन गरेर दिनको सुरुवात गर्दा फाइदा हुनेछ । रोग प्रतिरोधात्मक क्षमता वृद्धि हुनेछ । परिवारमा सुख र शान्ति मिल्नेछ ।

वृश्चिक – दिन राम्रो छ । साथीसँगको भेटले मन शान्त बन्नेछ । बौद्धिक मानिससँगको भेटले काम गर्ने उत्साह बढ्नेछ । परिवारको झन्झटले मन अशान्त हुनसक्छ । धार्मिक अभियान्तसँगको भेटले मन शान्त हुनेछ ।

धनु – दिन राम्रो छ । ठुला मानिससँग भेट हुनेछ । बोल्ने कलाको विकास हुनेछ । विपक्षी साथीसँगको प्रतिस्पर्धामा तपाईं अगाडि बढ्नु हुनेछ । परिवारले तपाईंमाथि विश्वास गर्नेछ । राज्यको सेवामा भए बढुवा हुनेछ।

मकर – लगानी गर्ने कुरामा सचेत बन्नुपर्नेछ । सञ्चित धन खर्च हुनेछ । परिवारको सल्लाह लिएर अगाडि बढेमा दिन सहज बन्नेछ । शिक्षाको क्षेत्रमा जोस र जाँगर बढ्नेछ । परीक्षा लेखेको भए राम्रो नतिजा प्राप्त हुनेछ ।

कुम्भ – धार्मिक अभियान्तासँगको भेटले मन शान्त बन्नेछ । बिहान उठेर पिपलको दर्शन गरेमा दिन सहज बन्नेछ । परिवारसँग बसेर रमाउने समय आएको छ । काम गर्दा भने सचेत बन्नु उचित हुन्छ ।

मीन -दिन सामान्य छ । साथीसँग बोल्दा सचेत बन्नुपर्नेछ । काम गर्नु अगाडि योजना सार्वजनिक नगर्नु राम्रो हुनेछ । लगानीका क्षेत्रमा जोखिम छ । संकटमा परिवारको भने साथ मिल्नेछ ।

  • प्रकाशित मिति : मंसिर ६, २०८२, शनिवार ०६:४४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८