• मंसिर ७, २०८३, सोमवार Monday, 23 November, 2026

‘जेनजी’का माग पूरा नभई निर्वाचन हुँदैन : सुधन गुरुङ

  • खबरदाता

‘जेनजी’का माग पूरा नभई निर्वाचन हुँदैन : सुधन गुरुङ

हामी नेपाल नामक संस्थाका संयोजक सुधन गुरुङले ‘जेनजी’ले राखेका माग पूरा नभई निर्वाचन हुन नसक्ने बताएका छन् । बिहीबार (कात्तिक २७) बिहान काठमाडौंको लैनचौरस्थित खड्का ल्यान्ड प्रालिले सञ्चालन गर्दै आएको नेपाल स्काउटको जग्गामा निर्मित संरचना हटाउने प्रयोजनका निम्ति त्यहाँ पुगेका उनले यस्तो बताएका हुन् ।

केहीबाहेकका सबै जेनजी एक ठाउँमा रहेका उनले उल्लेख गरे । उनले जेनजीका माग पूरा गरिनुपर्नेमा जोड दिए ।

जेनजीका माग पूरा नभए अर्को आन्दोलन हुने उनले चेतावनी दिए । यसको जिम्मेवारी गृहमन्त्री ओमप्रकाश अर्यालले लिनुपर्ने उनले बताए ।

“समग्र हामी जेनजीहरूको टिम एक ठाउँमा छ । एकदुईजना तलमाथि हुनुहुन्छ, उहाँहरूलाई नै बोलाउँछौँ,” उनले भने, “माग पूरा नभईकन कसरी चुनाव हुन्छ रु यो सबै कुरा गृहमन्त्रीज्यूले जिम्मा लिनुपर्छ ।”

जेनजीका हरेक वार्तामा गृहमन्त्रीको संलग्नता रहेको र आफूलाई माग पूरा हुने विश्वास उनले दिलाएका भए पनि त्यसानुसार काम नभएको गुरुङको भनाइ थियो ।

“उहाँ (ओमप्रकाश अर्याल) हामीसँग जंगीअड्डामा पनि सँगै हुनुहुन्थ्यो । राष्ट्रपति कार्यालयमा संविधानविद् भनेर मलाई चिनाइएको हो । माग पूरा हुन्छ/हुँदैन उहाँहरूलाई थाहा थिएन र ? गिरीबन्धुमा म लडेको हो भनेर कन्भिन्स गरेको मान्छे,” उनले भने, “यो सबै भएन भने धोका दिनुभएको हो हामीलाई । अहिले आएर चुनाव चुनाव भन्नुहुन्छ ।”

आफूहरूका माग पूरा नभए गृहमन्त्रीले धोका दिएको ठहर हुने उनले बताए । गृहमन्त्रीले जेनजीका माग पूरा गर्न छाडेर निर्वाचनको रटान लगाएको उनको टिप्पणी छ । न्युज एजेन्सी नेपाल

 

  • प्रकाशित मिति : कात्तिक २७, २०८२, बिहीवार १०:४६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८