• मंसिर ७, २०८३, सोमवार Monday, 23 November, 2026

प्रधानमन्त्री सुशीला कार्कीले मंगलरबार दलहरूसँग छलफल गर्ने

  • खबरदाता

प्रधानमन्त्री सुशीला कार्कीले मंगलरबार दलहरूसँग छलफल गर्ने

प्रधानमन्त्री सुशीला कार्कीले संसदमा प्रतिनिधित्व गर्ने दलहरूलाई निर्वाचन सम्बन्धी छलफलमा बोलाएकी छन्।

प्रधानमन्त्रीको सचिवालय सदस्य अजयभद्र खनालका अनुसार ४ गतेका लागि संसदमा प्रतिनिधित्व गर्ने दलहरूसँग प्रधानमन्त्री संवाद गर्न लागेकी छन्।

खनालले खबर हबलाई दिएको जानकारी अनुसार संसदमा प्रतिनिधित्व गर्ने राष्ट्रिय दल र अन्य दलहरूलाई आज पत्र पठाएर छलफलमा बोलाइएको छ ।

खनालका अनुसार हरेक दलबाट दुई दुईजना प्रतिनिधिहरू पठाउन आग्रह गरिएको छ। ‘मङ्गलबार ४ गतेका लागि बोलाइएको छ। हामीले पत्रसमेत पठाएका छौं’ खनालले भने, ‘राष्ट्रिय दल र संसदमा प्रतिनिधित्व गर्ने दलसँग पहिलो चरणमा छलफल गर्नेछौं।’

यस अगाडि दलहरूले प्रधानमन्त्री कार्कीले दलहरूसँग संवाद नगरिकन निर्वाचनको मिति घोषणा गरेको भन्दै आपत्ति जनाइरहेका थिए। प्रधानमन्त्री स्रोतका अनुसार खनाललाई नै दलहरूसँग संवाद गर्नका लागि पत्र पठाउन जिम्मेवारी दिएको थियो।

  • प्रकाशित मिति : कात्तिक २, २०८२, आइतवार २१:०६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८