• कात्तिक २, २०८२, आइतवार Sunday, 19 October, 2025

प्रतिनिधिसभा विघटनविरुद्ध ११ दलसँग छलफल गर्दै सभामुख

  • खबरदाता

प्रतिनिधिसभा विघटनविरुद्ध ११ दलसँग छलफल गर्दै सभामुख

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालत जाने गृहकार्यमा जुटेका सभामुख देवराज घिमिरेले आज दलहरूसँग छलफल गर्दैछन् ।

प्रतिनिधिसभा पुनर्स्थापनाको माग लिएर अदालत जाने पक्षमा सभामुख देखिएका घिमिरेले संसद् पुनर्स्थापनाका विषयमा दलहरूसँग छलफल अघि बढाएका छन् ।

घिमिरेले बुधबार ९आज० बिहान ९ बजे ११ राजनीतिक दलहरूलाई छलफलमा बोलाएका छन् ।

नेपाली कांग्रेस, नेकपा ९एमाले०, नेकपा ९माओवादी केन्द्र०, राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०, राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०, नेकपा ९एकीकृत समाजवादी० छन् । त्यस्तै, जनता समाजवादी पार्टी ९जसपा० , जनमत पार्टी, जनता समाजवादी पार्टी ९जसपा० नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा०, नागरिक उन्मुक्ति पार्टीलाई उनले छलफलमा बोलाएका छन् ।

राष्ट्रिय जनर्मोचा, नेपाल मजदुर किसान पार्टी ९नेमकिपा० र आमजनता पार्टीलाई भने बोलाइएको छैन । प्रतिनिधिसभा विघटन हुनुअघिका प्रमुख सचेतकहरूलाई सभामुखले बोलाएका छन् ।

संसद् पुनर्स्थापनाको माग लिएर सभामुख सर्वोच्च जानुपर्छ कि पर्दैन भन्ने विषयमा छलफल हुनेछ ।

सभामुख घिमिरेले दलहरुलाई संसद् विघटनका विषयमा पार्टीको आधिकारिक धारणा लिएर आउन आग्रह गरेका छन् ।

  • प्रकाशित मिति : असोज २९, २०८२, बुधवार ०६:३९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८