• मंसिर ७, २०८३, सोमवार Monday, 23 November, 2026

राष्ट्रपति पौडेलले कात्तिक तेस्रो साता कतारको जाने

  • खबरदाता

राष्ट्रपति पौडेलले कात्तिक तेस्रो साता कतारको जाने

राष्ट्रपति रामचन्द्र पौडेलले कात्तिक तेस्रो साता कतारको भ्रमण गर्ने भएका छन् । उनको भ्रमणको तयारी परराष्ट्र मन्त्रालयले सुरु गरेको छ ।

“कतारका अमिर शेख तमिम बिन हमद अल थानीले राष्ट्रपतिलाई कतार भ्रमणको निम्तो पठाउनु भएको छ,” परराष्ट्र मन्त्रालय स्रोतले  भन्यो, “राष्ट्रपतिको कतार भ्रमणको प्रारम्भिक तयारी सुरु भएको छ ।”

कतारका अमिरले आउँदो कात्तिक १८ देखि २० गतेसम्म दोहामा हुने संयुक्त राष्ट्रसंघको ‘सामाजिक विकासका लागि दोस्रो शिखर सम्मेलन’मा सहभागी हुन राष्ट्रपति पौडेललाई निम्तो पठाएका हुन् ।

कतारका अमिरको निम्तो पाएपछि परराष्ट्र मन्त्रालयले भ्रमणको तयारी गरेको हो । मन्त्रिपरिषद्ले राष्ट्रपतिको कतार भ्रमणका सम्बन्धमा निर्णय गर्न भने बाँकी रहेको स्रोतले जनायो ।

कतारका अमिर अल थानीले सन् २०२४ को अप्रिल २४ देखि २५ सम्म नेपालको राजकीय भ्रमण गरेका थिए । उनको नेपाल भ्रमणमा नेपाल र कतारबीच थुप्रै समझादारी तथा सम्झौतापत्रमा हस्ताक्षर भएको थियो ।

  • प्रकाशित मिति : असोज २४, २०८२, शुक्रवार १३:२७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८