• मंसिर ७, २०८३, सोमवार Monday, 23 November, 2026

तनहुँ, चितवन र धादिङ प्रशासले भने– अत्यावश्यकबाहेक यात्रा नगर्नू

  • खबरदाता

तनहुँ, चितवन र धादिङ प्रशासले भने– अत्यावश्यकबाहेक यात्रा नगर्नू

तनहुँ, चितवन र धादिङका जिल्ला प्रशासन कार्यालयले पृथ्वी राजमार्गको कोत्रे–मुग्लिन–नागढुंगा र मुग्लिन–नारायणगढ सडकमार्फत यात्रा गर्दा सचेतता अपनाउन आग्रह गरेका छन् । आज एक संयुक्त सूचनामार्फत तीन जिल्लाका जिप्रकाले असोज २० गतेसम्म भारी वर्षा हुन सक्ने पूर्वानुमान गरेकाले संयमित भएर यात्रा गर्न आग्रह गरेका छन् ।

भारी वर्षा हुने पूर्वानुमान गरिएको समय (आगामी २० गते) सम्म अत्यावश्यकबाहेक यात्रा नगर्नु, यात्रा गर्नुपर्दा दिनको समयमा आआफ्नो गन्तव्यमा पुग्ने गरी गर्नु तथा रातको समयमा यात्रा नगर्न अनुरोध गरिएको तनहुँका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले जानकारी दिएका छन् । उनका अनुसार, यात्रा गर्नुपर्ने अवस्थामा सुरक्षा निकायबाट आवश्यक जानकारी लिएर मात्र गर्न अनुरोध गरिएको छ ।

समय सीमाभित्र अत्यावश्यकबाहेक मालवाहक ठूला सवारीसाधन नचलाउन पनि सूचनामा अनुरोध गरिएको छ । पूर्वानुमानबमोजिम वर्षा भएको खण्डमा वा त्यस्तो सम्भावना देखिएमा स्थानीय प्रशासनबाट राजमार्गमा आवागमन बन्द गर्नुपर्ने अवस्थासमेत आउन सक्ने भएकाले त्यस्तो अवस्थातर्फ सचेत एवं सतर्क रही आवश्यक सहयोग गरिदिन सम्पूर्ण यात्रु महानुभाव एवं संघ–संस्थामा अपिल गरिएको प्रजिअ अधिकारीले बताएका छन् ।

  • प्रकाशित मिति : असोज १७, २०८२, शुक्रवार १७:३३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८