• जेठ ४, २०८३, सोमवार Monday, 18 May, 2026

खरिदारले चलाउदै आएको कैलाली कारागारको जिम्मेवारी भुसाललाई

  • खबरदाता

खरिदारले चलाउदै आएको कैलाली कारागारको जिम्मेवारी भुसाललाई

धनगढी । कैलाली कारागारको जिम्मेवारी जालन्धर भुसालले पाएका छन् । १ जनाको मृत्यु तथा तीन दर्जन भन्दा बढी घाइते हुनेगरि झडप हुँदा कैलाली जिल्ला कारागारमा प्रमुख थिएनन् । अधिकृतको दरबन्दी रहेको कारागार खरिदारले चलाइरहेका थिए ।

अधिकृत वसन्त खत्री झन्डै तीन सातादेखि अस्वस्थ भएको भन्दै सुब्बा ज्ञानेन्द्र ओझालाई जिम्मेवारी दिएका थिए । सुब्बाले पनि केही दिन पहिले खरिदार रामकुमार चौधरीलाई जिम्मेवारी दिएर आफू कारागार आउन छोडे । खरिदारको नेतृत्वमा रहेको बेला कारागारमा ठुलो झगडा भयो । त्यसमा कैलाली धनगढी ४ का भरत चौधरीको मृत्यु भयो ,४८ जना घाइते भए ।

अधिकृत र सुब्बा पनि नभएपछि आलोचना बढेको थियो । यस्तो बेला तत्काललाई भुसाललाई जेलरको रूपमा पठाइएको हो । भुसाल दिउँसो ३ बजे कैलाली पुगेर आफ्नो कार्यभार सम्हालेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।

  • प्रकाशित मिति : साउन २५, २०८२, आइतवार ०६:२४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८