• मंसिर ७, २०८३, सोमवार Monday, 23 November, 2026

सिन्धुलीमा एकै परिवारका १६ जना सम्पर्कविहीन, प्रहरीले थाल्यो खोजी

  • खबरदाता

सिन्धुलीमा एकै परिवारका १६ जना सम्पर्कविहीन, प्रहरीले थाल्यो खोजी

सिन्धुलीमा एकै परिवारका १६ जना सम्पर्कविहीन भएका छन् । सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ का छेप्टाको एक परिवार कसैलाई पनि जानकारी नदिई सम्पर्कविहीन भएको हो ।

सिन्धुली प्रहरी प्रमुख एसपी लालध्वज सुवेदीका अनुसार, उर्मिला हायुको परिवार पालेका कुखुरा, बाख्रा, भैँसी अलपत्र छाडेर सम्पर्कविहीन बनेको हो ।

प्रहरीका अनुसार, १८ जनाको परिवारका दुईजना भने काठमाडौं रहेको खुलेको छ ।

एसपी सुवेदीका अनुसार, केही दिनअघिमात्रै भत्ता बुझेकी उर्मिला हायुको परिवार घर छाडेर अन्यत्र गएको आशंका छ ।

उनले भने, ‘‘बाढी, पहिरो वा अन्य कुनै कारणले होइन । तर, घर छाडेर अन्यत्र गएकोजस्तो देखिन्छ । हामी खोजिरहेका छौँ ।’’

प्रहरीले उर्मिलाको परिवार रामेछाप पुगेको आशंका गरेको छ । १६ जनामध्ये एक जनाको नम्बर रामेछापमा सक्रिय भएको खुलेको छ । सिन्धुली प्रहरी र रामेछाप प्रहरीले उनीहरूको खोजी तीव्र पारेका छन् ।

  • प्रकाशित मिति : साउन १२, २०८२, सोमवार १५:४५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८