• असार १३, २०८३, शनिवार Saturday, 27 June, 2026

शिक्षक र शिक्षामन्त्रीबीचको वार्ता सकियो, जुटेन सहमति

  • खबरदाता

शिक्षक र शिक्षामन्त्रीबीचको वार्ता सकियो, जुटेन सहमति

नेपाल शिक्षक महासंघ र शिक्षामन्त्री रघुजी पन्तबीच आज भएको वार्ता बिनानिष्कर्ष सकिएको छ । सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा भएको वार्ता टुंगोमा पुग्न नसकेको हो ।

वार्तामा महासंघले आफ्नो धारणा राखेको महासंघकी सहअध्यक्ष नानुमाया पराजुलीले जानकारी दिइन् ।

“महासंघको स्पष्ट धारणा र अहिले भइरहेका गतिविधिहरू नवनियुक्त शिक्षामन्त्रीसमक्ष राखियो,” उनले भनिन्, “ निरन्तर वार्ता जारी राख्ने कुरा भएको छ । आन्दोलन रोकिँदैन ।”

आन्दोलन र वार्ता सँगसँगै अघि बढाउने उनले जानकारी दिइन् । आज पनि बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म शिक्षकले काठमाडौंको माइतीघर मण्डलदेखि बानेश्वरसम्म प्रदर्शन गर्दैछन् ।

 

  • प्रकाशित मिति : वैशाख १३, २०८२, शनिवार १०:२७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८