• असार १३, २०८३, शनिवार Saturday, 27 June, 2026

सिंहदरवार गेटमा मन्त्रालयले पठाएका २५ शिक्षकको नाम देखेपछि वार्ता भाँडियो

  • खबरदाता

सिंहदरवार गेटमा मन्त्रालयले पठाएका २५ शिक्षकको नाम देखेपछि वार्ता भाँडियो

सरकारसँग वार्ता गर्नको लागि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले नै २५ सदस्यीय वार्ता टोली बनाएको भन्दै नेपाल शिक्षक महासंघका अध्यक्षसहितको टोलीले बैठक बहिस्कार गरेर फर्केका छन्।

मन्त्रालयबाट सार्वजनिक भएको २५ सदस्यीय नामावली नेपाल शिक्षक महासंघले तयार नगरेको भन्दै महासंघले बैठक बहिस्कार गरेर गेटबाटै फर्केका हुन् ।

‘आज नवनियुक्त मन्त्रीसँग औपचारिक भेटका लागि हामी जाने क्रममा थियौं तर विशेष कारणबश आज हामी मन्त्रालय प्रवेश नगरी फर्किएको कुरा जानकारी गराउँछौं ।’ अध्यक्ष लक्ष्मी किशोर सुवेदीले भने ।

शिक्षामन्त्री रघुजी पन्तसँग वार्ता गर्न सिंहदरबार पुगेको शिक्षक महासंघका नेता गेटबाट फर्किएका छन् । मन्त्रालयले २५ सदस्यीय टोली बनाएको भनेर महासंघले आपत्ति जनाएको छ ।

  • प्रकाशित मिति : वैशाख १२, २०८२, शुक्रवार १६:४३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८