• मंसिर १०, २०८३, बिहीवार Thursday, 26 November, 2026

प्रकृति लम्सालको मध्यराति नै स्वर्गद्वारी घाटमा अन्तिम संस्कार

  • खबरदाता

प्रकृति लम्सालको मध्यराति नै स्वर्गद्वारी घाटमा अन्तिम संस्कार

भैरहवा – भारतको केआईआईटीमा ‘शंकास्पद मृत्यु’ भएकी नेपाली विद्यार्थी प्रकृति लम्सालको अन्तिम संस्कार मध्यराति नै गरिएको छ । आइतबार विश्वविद्यालयको छात्रावासमा मृत अवस्थामा फेला परेकी उनको मंगलबार पोष्टमार्टमपछि उनको शव परिवारको जिम्मा लगाइएको थियो।

बुधबार विमानमार्फत ओडिसाको भुवनेश्वरबाट दिल्ली हुँदै गोरखपुरसम्म उनको शव ल्याइएको हो। प्रहरीका अनुसार त्यसपछि सडक मार्गबाट एम्बुलेन्समा बेलहिया नाका हुँदै उनको शव भैरहवा ल्याइएको थियो। लगिि

शवलाई राती नै भैरहवा परिक्रमा गराई स्वर्गद्वारी घाटमा पुर्‍याएर उनको अन्त्येष्टि गरिएको थियो । उनको अन्त्येष्टिमा केआईआईटीमा अध्ययनरत उनका सहपाठी आफन्तजन र सर्वसाधारणहरूको ठूलो उपस्थिति रहेको थियो ।

यता विद्यालयले निकालेपछि विद्यार्थीहरू अत्यन्त कष्ठका साथ १६ जना विद्यार्थी नेपाल आइपुगेका छन्। भारतको ओडिसा राज्यस्थित कालिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी(केआईआईटी)बाट फिर्ता आएका विद्यार्थीहरू सुरक्षाको सुनिश्चिता नगरेसम्म जान नसक्ने बताउँछन्। विश्वविद्यालय प्रशासनले फिर्ता आउनका लागि विद्यार्थी, अभिभावकलाई फोन गरेर र चिठी लेखेर बोलाए पनि उनीहरू घटना सम्झिएर तत्काल जान नसक्ने बताउँछन्।

हरेक नेपाली विद्यार्थी अहिले मानसिक त्रासमा रहेको उनीहरू बताउँछन्। उनीहरू फेब्रुअरी २८ बाट हुने परीक्षा सार्न पनि कलेज प्रशासनसँग माग गरेका छन्। कुटपिट गर्ने सेक्युरिटी गार्ड, बाउन्सर, दुर्व्यवहार गर्ने बार्डेनलगायत कारबाही नगरेसम्म कुनै पनि हालतमा फिर्ता हुन नसक्ने उनीहरूको तर्क छ।

मृत भेटिएको घटना र त्यसपछि उत्पन्न परिस्थितिबाट पीडित नेपाली विद्यार्थीको न्यायका लागि नेपाल सरकारले पहल गरिरहेको

  • प्रकाशित मिति : फागुन ८, २०८१, बिहीवार ०८:२५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८