• मंसिर ७, २०८३, सोमवार Monday, 23 November, 2026

मोरङमा प्रचण्डले खाए ‘भक्का’

  • खबरदाता

मोरङमा प्रचण्डले खाए ‘भक्का’

मोरङ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मोरङ आइपुगेका छन् । शुक्रबार (हिजो) साँझ उनी विभिन्न कार्यक्रममा सहभागी हुन मोरङ आइपुगेका हुन् ।

उनले आज मोरङस्थित गिरिजाप्रसाद कोइराला क्रिकेट रङ्गशालाको अनुगमन गर्ने कार्यक्रम छ । यस्तै, होटल एसियाटिकमा आयोजित एक कार्यक्रममा सहभागी हुने छन् भने मोरङको ग्रामथान गाउँपालिकामा आयोजना हुने सभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

अध्यक्ष प्रचण्डले आज बिहान विराटनगरको ठूलोमिल चोकबाट तिनपैनी–जलजला चोक–अस्पताल चोक–जिल्ला प्रशासन कार्यालय हुँदै पुनः ठूलोमिल चोकमा मर्निङ वाक गरेका छन् ।

यस्तै उनले बिहानै राजवंशी समुदायको भक्काको स्वाद लिएको समेत सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् ।

उनले लेखेका छन्, ‘शुभ प्रभात १ राजवंशी समुदायको भक्काको स्वादसँगै आजको दिनको सुरुवात गरेको छु। आज दिनभरजसो मोरङका जनसमुदायसँगको साक्षात्कारमा रहने छु।’

  • प्रकाशित मिति : माघ ५, २०८१, शनिवार १२:१० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८