पोखरा । कास्की जिल्ला अदालतमा सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाको आदेश लेखन कार्य भइरहेको छ । बिहीबार (आज) सरकारी वकिलका तर्फबाट जवाफी बहस सकिएपछि न्यायाधीश नीतिज राईले प्रतिवादीलाई बोल्न समय दिएका थिए ।
त्यसपछि आदेश लेखन कार्य भइरहेको अदालत प्रशासनले जनाएको छ । अदालतले आरोपितलाई पुर्पक्षका निम्ति थुनामा पठाउने, धरौटीमा रिहा गर्ने वा साधारण तारेखमा रिहामध्ये एक आदेश गर्नेछ।
आदेश सुनाउने तयारीसँगै अदालतबाहिर सुरक्षा व्यवस्था कडा पारिएको छ ।
प्रतिवादीलाई बोल्न समय दिइँदा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेले आफूलाई तारेखमा छाडिदिन आग्रह गरेका थिए । हाल रवि र उनकी पत्नी निकिता पौडेल अदालतभित्र विश्रामकक्षमा छन् । रास्वपाका केही नेता, सांसद अदालतभित्र र बाहिर छन् ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८