• वैशाख १९, २०८३, शनिवार Saturday, 02 May, 2026

आज २०८१ साल भदौ २५ गते मंगलबारको राशिफल

  • खबरदाता

आज २०८१ साल भदौ २५ गते मंगलबारको राशिफल

 आज २०८१ साल भदौ २५ गते मंगलबार तदनुसार सन् २०२४ सेप्टेम्बर १० तारिख । भाद्र शुल्क पक्षको सप्तमी तिथि । महालक्ष्मी व्रत आरम्भ । २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन् । चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ । त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ । यस्तो छ ज्यो.प.सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेश :

मेष – नसोचेको क्षेत्रबाट राम्रो आम्दानी हुनेछ । बौद्धिक व्यक्तिसँगको भेटले मन शान्त हुनेछ । अष्टम भावमा चन्द्रमा पुगेकाले खानपानमा समस्या हुनेछ । आफ्नो आलोचना सुन्नुपर्ने हुनेछ । परिवारसँगको सम्बन्ध भने राम्रो बन्नेछ ।

वृष – तपाईंको बोलीमा मोहनी छ । बोलीकै कारण राम्रा काम बन्नेछन् । लगानीका क्षेत्रमध्ये स्वदेशमा ठुलो फाइदा हुनेछ ।
परिवारको साथ र सहयोग मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

मिथुन – तपाईंको मनमा अशान्तिले बास गरेकाले व्यवहारमा झमेला सहनुपर्ने हुनसक्छ । गणेशको पूजा गरेर दिनको सुरुवात गरेमा दैनिकी सहज बन्नेछ । सोचेर बोल्नु राम्रो होला । परिवारको तर्फबाट सम्मान मिल्नेछ । आज तपाईंले योजना बनाएका महत्त्वपूर्ण काम बन्नेछन् ।

कर्कट- आफूले दुःख गरेर जोगाएको धन सक्ने समूह सक्रिय छ । सहकार्यमा अगाडि बढ्नु भन्दा निजी ढंगले गरेको लगानीबाट फाइदा हुनेछ । बोली र व्यवहारमा एकरुपता नहुँदा परिवार र समाजमा टकराब हुने योग छ ।

सिंह – साना कुराले खटपटी बढ्नसक्छ । साना कुरामा तनाव नलिइकन अगाडि बढेमा तपाईंका सम्भावना धेरै छन् । परदेशको रमझमले मन आकर्षित हुनेछ । लगानी गरेको भए राम्रो प्रतिफल प्राप्त हुनेछ । परिवारसँग आजको दिन सुखका साथ दिन बित्नेछ ।

कन्या – बन्धुलाई फुट गराएर स्वार्थ पूरा गर्ने समय आएको छ । कृषि क्षेत्रमा गरेको लगानीबाट राम्रो प्रगति हुनेछ । धार्मिक अभियान्तासँगको भेटले मनमा उत्साह बढ्नेछ । संस्कारको सुरुवात परिवारबाट हुनेछ ।

तुला – धनलक्ष्मी योग परेकाले नसोचेको ठाउँबाट आम्दानी हुनेछ । व्यवहारिक ज्ञानको आवश्यकता महसुस हुनेछ । सामाजिक क्षेत्रमा तपाईंको प्रशंसा हुनेछ । परिवारसँगको प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

वृश्चिक – कर्मस्थानमा शुभ ग्रहको बहुमत भएकाले मनमा राम्रो भावको विकास हुनेछ । मन फराकिलो बन्नेछ । राज्यमाथिको जिम्मेवारी बोध हुनेछ । राजनीतिमा तपाईंको विशेष ठाउँ रहनेछ । बौद्धिक व्यक्तिको माया प्राप्त हुनेछ । सानो काममा नअल्झिनो फाइदा होला ।

धनु – शिक्षा र बौद्धिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ । अनुत्पादक क्षेत्रमा लगानी बढ्ने भएकाले सचेत बन्नुपर्नेछ । वैदेशिक क्षेत्रमा गरेको श्रम लगानीबाट उन्नति हुनेछ । परिवारको विश्वास गर्ने बानीले धोका हुने सम्भावना देखिन्छ ।

मकर – बौद्धिक व्यक्तिसँग राम्रो अन्तरक्रिया हुनेछ । मन शान्त बन्नेछ । आफ्ना भनिएका साथीलेसमेत विपक्षीसँग मिलेर तपाईंविरुद्ध प्रहार गर्ने भएकाले सचेत बन्नुपर्ने छ । परिवारको साथ मिल्नेछ । न्यायिक क्षेत्रमा सफलता हात लाग्नेछ ।

कुम्भ -मन भारी बन्नेछ । अरुको कुरामा चित्त नबुझ्दा मन अशान्त हुनेछ । बिहान शिवको दर्शन गरेर कामको सुरुवात गरेमा मन शान्त हुनेछ । धार्मिक कार्यबाट कामको सुरुवात गरेमा मात्र दिन सफल हुनेछ ।

मीन – तपाईंका शुभ ग्रह बहुमतमा छन् । शुभ ग्रहको बहुमत हुनाले हरेक क्षेत्रमा नाम र दाम प्राप्त हुनेछ । संकटमा परिवारले साथ दिनेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ ।

  • प्रकाशित मिति : भदौ २५, २०८१, मंगलवार ०६:११ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८