• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026

झापाको प्लाई उद्योगमा लागेको आगो ९ घण्टा बित्दा पनि आएन नियन्त्रणमा

  • खबरदाता

झापाको प्लाई उद्योगमा लागेको आगो ९ घण्टा बित्दा पनि आएन नियन्त्रणमा

फागुन २८, २०८०

झापा– झापाको प्लाई उद्योगमा लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन। मेचीनगर नगरपालिका–१५ ज्यामिरगढीमा प्लाइउड उद्योगमा बिहानदेखि आगलागी भएको हो ।

सोमबार बिहान ५ बजे अघिबाट सुरू भएको आगलागी अझै नियन्त्रणमा आउन नसकेको हो। झापाका सबै नगरपालिका, मोरङ, इलाममा रहेका एक दर्जन बढी दमकलहरू ल्याएर आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ । त्यतिबाट पनि नपुगेपछि भारतको नक्सलबारीबाट पनि दमकल झिकाइएको छ।

आगलागी नियन्त्रणमा लिन स्थानीय, प्रहरी लगायत परिचालन छन्। आगलागीको कारण खुलेको छैन । भगवती नेपालकै ठूलो दाबी गरिएको प्लाइउड उद्योग हो ।

  • प्रकाशित मिति : फागुन २८, २०८०, सोमवार १४:३९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८