• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026

रत्ननगरको एक फेन्सी पसलमा विद्युत सर्ट भई आगलागी

  • खबरदाता

रत्ननगरको एक फेन्सी पसलमा विद्युत सर्ट भई आगलागी

फागुन २८, २०८०

 

रत्ननगर नगरपालिका–१ सौराहा चोकस्थित साहारा सुपर मार्केट भित्र रहेको सुहाना फेन्सी कलेक्सनमा गएराति आगलागी भएको छ ।

मञ्जु सापकोटाले सञ्चालन गरेको उक्त फेन्सी पसलमा विद्युत् सर्ट भई आगलागी भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता श्रीराम भण्डारीले जानकारी दिए ।

आइतबार राति करिब ११ः२० बजेको समयमा विद्युत् सर्ट भई लागेको आगो बिहान साढे १२ बजे नियन्त्रणमा आएको उनले बताए । भरतपुर महानगरपालिका र खैरहनी नगरपालिकाको दमकल र स्थानीयको सहयोगमा प्रहरीले आगो नियन्त्रणमा लिएको हो ।

आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी रहेको उनले जानकारी दिए ।

  • प्रकाशित मिति : फागुन २८, २०८०, सोमवार ०९:४९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८