फागुन -११,२०८०
भरतपुर – मोटरसाइकल दुर्घटनामा परी चितवनमा एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा खैरहनि १० बस्ने बर्ष ३४ का दिलिप चौधरी रहेका छन।
चितवन प्रहरीले जनाए अनुसार आज शुक्रबार खैरहनी -१० कठार स्थित भित्रि सडक खण्डमा सुर्तनाबाट कठार तर्फ जाँदै गरेको ना ४५ प ७७९८ नम्बरको मोटरसाइकल पल्टिदा चालक चौधरीको सोही मोटरसाकलले च्यापिएर मृत्यु भएको हो।
घटना के कसरी हुन गयो भन्ने सम्वन्धमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८