• मंसिर १०, २०८३, बिहीवार Thursday, 26 November, 2026

ड्युटीमा रहकी महिला प्रहरीको गोली हानेर हत्या, प्रहरी श्रीमान्‌लेनै चलाएका थिए गोली

  • खबरदाता

ड्युटीमा रहकी महिला प्रहरीको गोली हानेर हत्या, प्रहरी श्रीमान्‌लेनै चलाएका थिए गोली

फागुन -३, २०८०

काठमाडौं । दाङमा गोली हानेर एक महिला प्रहरीको हत्या भएको छ । वडा प्रहरी कार्यालय दाङमा कार्यरत प्रहरी जवान धनमाया थापाको हत्या भएको लुम्बिनी प्रहरी प्रमुख डीआईजी कुवेर कडायतले जानकारी दिए ।

प्रहरीका अनुसार धनमायालाई उनकै श्रीमान् यमबहादुर झाक्रीले गोली हानेर हत्या गरेका हुन् । यमबहादुर बाँकेको नेपालगन्ज तालिम केन्द्रमा कार्यरत थिए ।

दाङको दामोदर चोकमा ड्युटीमा रहेका बेला धनमायामाथि गोली प्रहार भएको प्रहरीले जनाएको छ।

श्रीमान् यमबहादुर प्रहरी नियन्त्रणमा छन् ।

  • प्रकाशित मिति : फागुन ३, २०८०, बिहीवार २२:०९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८