• असार २८, २०८३, आइतवार Sunday, 12 July, 2026

गर्भपतन गराउँदा महिलाको मृत्यु भएपछि मनकामना अस्पतालले तिर्‍यो २७ लाख ५० हजार

  • खबरदाता

गर्भपतन गराउँदा महिलाको मृत्यु भएपछि मनकामना अस्पतालले तिर्‍यो २७ लाख ५० हजार

साउन २०,२०८०

 

भरतपुरको मनकामना अस्पतालमा उपचारका क्रममा एक महिलाको मृत्यु भएपछि परिवारलाई क्षतिपूर्ति दिइएको छ । अस्पतालले रु २७ लाख ५० हजार क्षतिपूर्ति दिएपछि परिवारले मृतकको शव उठाएका छन् ।

भरतपुर महानगरपालिका वडा नं २६ की ३५ वर्षीया नवीना महतोको उपचारका क्रममा शुक्रबार राति मृत्यु भएको थियो । मृतकका पति मणिकलाल महतोका अनुसार गत बिहीबार अनिच्छित गर्भपतनका लागि अस्पताल ल्याइएको थियो । अत्यधिक रक्तश्रावका कारण उनको गए राति १ बजे मृत्यु भएको अस्पतालले जानकारी दिएको थियो ।

मृतकका आफन्तले अस्पतालले गल्ती स्वीकार गर्नुपर्ने बताउँदै आएका थिए । सहमतिपछि अस्पतालले आजै रु २७ लाख ५० हजारको चेक हस्तान्तरण गरेको छ । वार्तामा सहभागी अस्पतालका चिकित्सकका अनुसार सहमतिपछि परिवारले शव उठाएका हुन् ।

नवीनाको मृत्युपछि आज बिहानैबाट मृतकका आफन्तले अस्पताल घेराउ गरेका थिए । उच्च रक्तश्रावपछि शल्यक्रिया गरेर पाठेघर झिकिएको भए पनि बचाउन नसकिएको हो । परिवारले पाँच वर्षकी छोेरीको पढाइका लागि रकम माग गरेपछि अस्पतालले सो रकम दिएको हो ।रासस

  • प्रकाशित मिति : साउन २०, २०८०, शनिवार १९:३८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८