• वैशाख १५, २०८१, शनिवार Saturday, 27 April, 2024

टाइब्रेकरमा एआरए क्यामरुन बिजयी

  • खबरदाता

टाइब्रेकरमा एआरए क्यामरुन बिजयी

चैत्र १७,२०७७

चितवन । अफ्रिकन रूट्स एसोसिएसन क्यामरुनले  सेन्ट्रल कलेज स्व। बिजय खड्गी स्मृति गोल्डकप फुटबलु मा संघर्षपूर्ण जित हासिल गरेको छ । मंगलबार चितवनमा भएको खेलमा एआरए क्यामरुनले हानामी एभरेष्ट क्लब चितवनलाई टाइब्रेकरबाट पराजित गरेको हो ।

टाइब्रेकरमा एआरए क्यामरुन ५-४ गोल अन्तरले बिजयी भयो । एआरए क्यामरुनका पाँचै खेलाडीले गोल गर्दा एभरेष्टका जर्सी नम्बर २ का रोविन श्रेष्ठले प्रहार गरेको बल पोस्ट माथीबाट आकाशिएको थियो । त्यसअघि निर्धारित समयको खेल १-१ गोलको बराबरीमा सकिएको थियो । खेल सुरु भएको पाँचौ मिनेटमा एभरेष्टका जर्सी नम्बर ८ का जित मगरले पहिलो गोल गर्दै अग्रता लिएको थियो । खेलको दोस्रो हाफको २० औं मिनेटमा क्यामरुनला कप्तान जर्सी नम्बर १० ले गोल गर्दै खेल बराबारी पारेका थिए ।

आज पनि क्यामरुनको फिनिङ कमजोर देखियो । खेल अवधिभर एआरए क्यामरुनले एभरेष्टलाई दबाबमा राखेको थियो । गोल गर्ने दर्जन बढी अवसरलाई उसले सदुपयोग गर्न सकेन । खेलको म्यान अफ दि म्याच क्यामरुनका मोउस्सा घोषित भए ।

यो जितसँगै क्यामरुन प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । फाइनल प्रवेशका लागि क्यामरुनले बिहीबार बागमती युवा क्लब सर्लाहीको सामना गर्नेछ । बागमती लेखनाथ युनाइटेड कास्कीलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।

यस्तै आजको खेलसँगै प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा भएको छ । बुधवारबाट सेमिफाइनल चरणका खेलहरु सुरु हुनेछ । बुधवार पहिलो सेमिफाइनल खेलमा त्रिभुवन आर्मी क्लबले नुवाकोटको सामना गर्नेछ । आर्मी सुनौलो सँगम युवा क्लब बुटवललाई तथा नुवाकोट सेन्ट्रल कलेज भरतपुर फुटबल क्लबलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।

चितवन जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगिताको बिजेताले ३ लाख तथा उपबिजेताले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । प्रत्येक खेलको म्यान अफ दि म्याचले ५ हजार, प्रतियोगिताभरको उत्कृष्ट खेलाडीले २० हजार तथा विधागत रुपमा उत्कृष्ट हुने खेलाडीले १०-१० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

  • प्रकाशित मिति : चैत १७, २०७७, मंगलवार १४:१९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८