• कात्तिक १, २०८३, आइतवार Sunday, 18 October, 2026

आज यी प्रदेशका १० प्रतिशत भूभागमा पानी पर्ने सम्भावना

  • खबरदाता

आज यी प्रदेशका १० प्रतिशत भूभागमा पानी पर्ने सम्भावना

मौसम पूर्वानुमान महाशाखाले आज (शनिबार) बिहान ८ बजे जनाएअनुसार यतिबेला हिमाली भेगको आकाशमा आंशिक बादल लागेको छ भने पहाडी क्षेत्रमा मौसम मुख्यतया सफा छ। तराईका केही स्थानमा हुस्सुरकुहिरो लागेको छ।

मौसम महाशाखाको प्रक्षेपणअनुसार आज दिउँसो कोसी, बागमती र गण्डकी प्रदेशका हिमाली भेगमा साधारणतया बादल लाग्नेछ भने बाँकी प्रदेशका हिमाली क्षेत्रमा आंशिक बादल लाग्नेछ।

पहाडी भेगमा आंशिक बादल लाग्नेछ भने मधेस तथा कोसी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रको आकाशमा आंशिक बादल लाग्नेछ। लुम्बिनी र सुदुरपश्चिम प्रदेशका तराईमा भने मौसम मुख्यतया सफा रहनेछ। देशका हिमाली भूभाग तथा कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्का वर्षारहिमपातको सम्भावना छ।

यस्तै राति हिमाली भेगमा आंशिक बादल लाग्नेछ। कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रको आकाशमा आंशिक बादल लाग्ने तथा बाँकी पहाडी क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ। तराईमा बिहानीपख केही स्थानमा हुस्सुरकुहिरो लाग्नेछ।

आज राति कोसी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका एक(दुई स्थानमा हल्का वर्षारहिमपातको सम्भावना छ।

मौसमविद्का अनुसार एक-दुई स्थान भन्नाले सम्बन्धित क्षेत्रको १० प्रतिशत भूभाग हो। फलानो प्रदेशका एक(दुई स्थानमा भने पनि मौसम महाशाखाले ठ्याक्कै यही ठाउँमा पानी पर्छ भने तोक्न भने सक्दैन। त्यस प्रदेशका जुनसुकै स्थानमा वर्षा हुन सक्छ भनेर बुझ्नुपर्छ।

नेपालमा प्रदेशगत हिसाबले वर्षाको प्रक्षेपण गर्न सक्ने मात्र प्रविधि रहेको मौसमविद् बताउँछन्।

यसैबिच आज काठमाडौँ उपत्यकामा भने वर्षाको सम्भावना नदेखिएको मौसम महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले बताए।

‘आज काठमाडौँ उपत्यकामा मौसम राम्रै हुने देखिएको छ’, उनले नेपालखबरसँग भने।

नेपालबाट मनसुन बिदा भइसकेकाले वर्षा हुने क्रम लगभग अन्त्य भएको हो। यद्यपि पश्चिमी वायु तथा यसबाट विकास हुने प्रणालीले पनि वर्षा गराउँछ। तर मनसुनमा जस्तो लगातार र ठुलो वर्षा हुने सम्भावना हुँदैन।

 

  • प्रकाशित मिति : असोज ३१, २०८३, शनिवार ०८:४२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८