२०८३ साल असोज ३१ गते शनिबार सन् २०२६ अक्टोबर १७ तारिख। असोज शुक्ल पक्षको सप्तमी तिथि । दशैंको फूलपाती, अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। हेरौ ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः
मेष – दिन राम्रो छ । व्यापारमा गरेको लगानीबाट फाइदा हुनेछ । रोगबाट मुक्त हुने योग छ । परिवारबाट लाभ हुनेछ । राजनीतिक क्षेत्रमा महत्त्वपूर्ण नियुक्ती पाउने देखिन्छ ।
वृष – शुभ दिन छ । सहकार्यमा गरेको लगानीबाट फाइदा हुनेछ । शिक्षा र स्वास्थ्यमा लाभ हुनेछ । स्वास्थ्यको लगानीमा फाइदा हुनेछ । राजनीतिमा प्रगति हुनेछ । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ ।
मिथुन – दिन राम्रो छ । बोलीको प्रयोग परोपकारमा गर्नु उचित हुन्छ । स्वास्थ्यमा सुधार हुनेछ । लगानीका क्षेत्र सबल छन् । दाजुभाइसँगको सहकार्यले फाइदा हुनेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ ।
कर्कट – दिन सामान्य छ । हरेक कुरामा अवरोध हुनेछ । खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनेछ । राजनीतिमा घेराबन्दी हुनेछ । व्यापारमा घाटा हुने भएकाले लगानी गर्नु उचित हुन्छ ।
सिंह – दिन राम्रो छ । राम्रो योजना बन्नेछ । पुराना साथीको साथ मिल्नेछ । स्वास्थ्य र शिक्षामा गरेको प्रयास सफल बन्नेछ । गुरुको आर्शिवाद लिएर अगाडि बढ्नु उचित हुन्छ । राजनीतिक क्षेत्रमा प्रगति हुनेछ ।
कन्या – दिन सामान्य छ । बोलीका कारण आफन्त टाढा पुग्नेछन् । विवादमा पर्ने भएकाले थोरै बोल्नु उपयुक्त हुन्छ । स्वास्थ्यमा समस्या हुनेछ । विदेशमा गरेको लगानीबाट घाटा हुनेछ । प्रेम सम्बन्धमा मनमुटाब हुनेछ ।
तुला – दिन सामान्य राम्रो छ । आम्दानी बढ्नेछ । स्वास्थ्यमा गरेको लगानीबाट फाइदा हुनेछ । शिक्षा र रोजगारीमा बढुवा हुनेछ । परिवारको साथ र सहयोग प्राप्त हुनेछ । शिक्षामा गरेको लगानीबाट नाफा हुनेछ ।
वृश्चिक – दिन राम्रो छ । धनलक्ष्मी योग परेको छ । सम्पत्ति खर्च भए पनि तपाईंको इज्जत बढ्नेछ । शिक्षाको लगानीले खुशी बनाउने छ । सोचेको काम सहज बन्नेछ । व्यापारमा फाइदा हुनेछ । राज्यको साथमा महत्त्वपूर्ण काम बन्नेछ ।
धनु – दिन राम्रो छ । सोचेको काम बन्नेछ । धन सञ्चित हुनेछ । स्वास्थ्यमा समस्या भए सुधारका संकेत देखिनेछ । शिक्षामा थप मिहिनेत गर्नुपर्ने छ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।
मकर – दिन सामान्य राम्रो छ । खर्च बढ्नेछ । धार्मिक कार्यमा सहभागी भएमा मन शान्त बन्नेछ । आफन्तबाट धोका हुनेछ । दाजुभाइसँगको सहकार्यले फाइदा हुनेछ।
कुम्भ – दिन राम्रो छ । आज राम्रो कामको सुरुवात हुनेछ । छिमेकीसँगको भेटमा मन शान्त बन्नेछ । परिवारसँग रमाइलो घुमघाम हुनेछ छ। सञ्चित धन खर्च हुने जोखिम । प्रेम सम्बन्ध सुमधुर बन्ला ।
मीन – दिन धेरै राम्रो छ । आम्दानी हुनेछ । मिष्ठान्न भोजन प्राप्त हुनेछ । पारिवारिक मेलमिलाप हुनेछ । पश्चिमको लामो यात्रा नगर्नु उचित हुन्छ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुन्छ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८