• माघ ११, २०८१, शुक्रवार Friday, 24 January, 2025

सन्दीप लामिछाने सम्मिलित जमैकाको दोस्रो जित

  • संबाददाता

सन्दीप लामिछाने सम्मिलित जमैकाको दोस्रो जित

काठमाडौं । क्यारेबियन प्रिमियर लिगमा जमैकाले आफ्नो दोस्रो जित हात पारेको छ । उसले गायना अमेजन वरियर्सलाई पाँच विकेटले हराएको हो ।

गायनाले प्रस्तुत गरेको १०९ रनको लक्ष्य जमैकाले खेल सकिन दुई ओभर बाँकी छँदै मात्र पाँच विकेटको क्षतिमा ११३ रन बनाएर पुरा गर्यो । सामान्य लक्ष्य पछ्याउने क्रममा ६२ रनमै पाँच विकेट गुमाएर कमजोर सुरुवात गरेको जमैकाका लागि क्रूमा बूनरले आन्द्रे रस्सैलसँग छैठौं विकेटका लागि ५१ रनको उत्कृष्ट साझेदारी गरेर जितसम्म हातप¥योे । बूनरले ३० तथा रस्सैलले २३ रन बनाएर अविजित बने । ओपनर ग्लैन फिलिपले २६ र जर्माइन ब्ल्याक ऊडले २३ रन बनाए ।
गायनाका लागि इमरान ताहिर, किमो पौल र अश्मिद नेड्डले सामान एक एक तथा नवीन ऊल हकले दुई विकेट लिए ।

यसअघि पोर्ट अफ स्पेनमा टस हारेर पहिला ब्याटिङ् गर्ने निम्ता पाएको गायनाको सुरुवातदेखि नै निरन्तर विकेटको पतन भएपछि ऊ २० ओभरमा नौ विकेटको क्षतिमा १०८ रनमा समेटिन पुग्यो । उसको पारीमा रोस टेलरले सर्वाधिक २३ तथा नवीन ऊल हकले २० र निकोलास पूरनले १५ रन बनाए । बाँकीका ब्याट्सम्यान दोहोरा योगफल समेत छुन सकेनन ।

जमैकाका लागि फिडेल एडवार्ड्स र मुजिब ऊर रहमानले तीन तीन तथा आन्द्रे रस्सैल र सन्दीप लामिछानेले एक एक विकेट लिए । लामिछानेले चार ओभरमा मात्र १२ रन खर्चेर एक विकेट लिए ।
जमैका चार खेलमध्ये दुईमा जित र दुईमा हारसँगै चार अङ्कसहित अङ्कतालिकाको चौथो स्थानमा उक्लेको छ ।

ट्रिनबागो नाइट राइडर्स तीन खेलमध्ये तीनैमा जित हात पारेर छ अङ्कसहित तालिकाको शिर्ष स्थानमा छन् । दोस्रो स्थानको सेन्ट लुसिया जौक्सले चारमध्ये तीनमा जित हात पारेर छ अङ्क बटुलेको छ । गायना अमेजनले पाँच खेलमध्ये दुईमा जित हात पार्दै तेस्रो स्थानमा छ । गोरखापत्रबाट

  • प्रकाशित मिति : भदौ ११, २०७७, बिहीवार ०१:३६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८