• वैशाख १४, २०८१, शुक्रवार Friday, 26 April, 2024

खड्काको अध्यक्षतामा पहिलो कार्यक्रम

  • संबाददाता

खड्काको अध्यक्षतामा  पहिलो कार्यक्रम

काठमाडौँ जिल्ला तेक्वान्दो सङ्घको आयोजनामा प्रथम काठमाडौँ भर्चुअल राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप अगस्ट २९ देखि ३० तारिखसम्म हुने भएको छ । प्रतियोगितामा करिब ५ सय खेलाडीको सहभागिता अपेक्षा गरिएको आयोजक सङ्घका अध्यक्ष अशोक खड्काले जनाएका छन् । पुरुष÷महिलामा समान ६–६ गरी १२ स्पर्धामा प्रतिस्पर्धा हुने छ । यु–१२, यु–१५, यु–१८, १८– ३१ वर्ष, ३१–४० वर्ष र ४१ वर्षमाथि उमेर समूहमा खेल हुने छ । पुम्से विधामा मात्र प्रतिस्पर्धा हुने छ ।
खेलाडीले अगस्ट २७ र २८ तारिखमा श्रब्यदृष्य पठाइ सक्नु पर्ने छ । प्रतियोगिता सञ्चालन गर्न खड्कासहित नोर्बु लामा, मीन न्यौपाने, हीराबहादुर थापा र विक्रम खड्गी निर्णायकका रूपमा परिचालन हुने छन् । खड्का कार्यवाहक अध्यक्ष भएपछि पहिलो प्रतियोगिता हुन लागेको हो । खड्का साउन २० गते कार्यवाहक अध्यक्ष बनेका थिए ।

  • प्रकाशित मिति : भदौ ३, २०७७, बुधवार १२:२१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८