• वैशाख १३, २०८१, बिहीवार Thursday, 25 April, 2024

राष्ट्रिय भर्चुअल हाप्किडो च्याम्पियनसिप हुने

  • संबाददाता

राष्ट्रिय भर्चुअल हाप्किडो च्याम्पियनसिप हुने

प्रथम राष्ट्रिय भर्चुअल सेल्फ-डिफेन्स हाप्किडो च्याम्पियनसिप हुने भएको छ । नुवाकोट मार्सल आर्ट्स हाप्किडो सङ्घको आयोजना तथा नेपाल मार्सल आर्ट्स हाप्किडो सङ्घको अनुमति मा आगामी २०७७ भाद्र १० गते देखि १५ गते सम्म आयोजना गर्ने भएको हो । कोभिड-१९ कारणले केही महिना देखी खेलकुदको खुला गतिविधि बन्द भएको अवस्थामा कोभिड-१९ लाई मध्यनजर गर्दै अनलाइन भिडियो मार्फत भर्चुअल च्याम्पियनसिप आयोजकले गर्ने भएको छ । नतिजा नेपाल मार्सल आर्ट्स हाप्किडो सङ्घको केन्द्रीय टेक्निकल कमिटीबाट भदौ २० गते नतिजा प्रकाशित हुने आयोजक नुवाकोट मार्सल आर्ट्स हाप्किडो सङ्घका अध्यक्ष मनोज लामाले बताए । उक्त भर्चुअल च्याम्पियनसिपमा विजेता खेलाडीहरूलाई प्रमाणपत्र, मेडल र प्रथम विजेतालाई रु. १०,०००, दोस्रो विजेतालाई रु.७,५०० र तेस्रो विजेतालाई रु. ५,००० नगद पुरस्कार प्रदान गर्ने भएको छ ।

  • प्रकाशित मिति : भदौ ३, २०७७, बुधवार १२:१८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८