मंसिर १३,२०८०
चितवन ।छोराको जन्मदिनको अवसर पारेर विज्ञापन चितवन एड्भरटाइजिङ्ग प्रा।लि।का सञ्चालक खुमप्रसाद पौडेल ९ किरण ०ले प्रेस चौतारी चितवनको भवन निर्माणका लागि आर्थिक सहयोग गरेका छन् ।
पौडेलले छोरा अभिषेक पौडेलको जन्मदिनको अवसरमा भवन निर्माणका लागि प्रेस चौतारी चितवनका अध्यक्ष सुवास मार्फत दश हजार आर्थिक सहयोग गरेका हुन् । भरतपुर–११ बसेनीमा निर्माण हुँदै गरेको भवनका लागि सहयोग गर्न पाउँदा आफूलाई खुसी लागेको पौडेलले बताए । चितवनमा रहेर विभिन्न राष्ट्रिय तथा स्थानीय सञ्चार माध्यममा विज्ञापन सम्वन्धी कार्य गर्दै आएका पौडेलले जिल्लामा पत्रकार सम्वद्ध संघसंगठनको भवन बन्दा त्यसले संस्थागत विकासमा टेवा पुग्ने बताए ।
प्रेस चौतारी चितवनका अध्यक्ष सुवास पण्डितले भवन निर्माणका लागि विभिन्न पक्षबाट सहयोग मिल्ने क्रम जारी नै रहेकोले भवनले पूर्णता पाउने विश्वास लिएको बताए ।समाजसेवी केशव कार्कीले प्रदान गरेको ९ धुर जग्गामा चौतारी चितवनको भवनका काम धमाधम भैरहेको छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८