२०८० श्रावण, ८
चितवन । चितवनको राप्ती नगरपालिका वडा नं २ का वडाअध्यक्ष श्याम सुन्दर उप्रेती विरुद्ध जिल्ला प्रहरी कार्यालय चितवनमा उजुरी परेको छ । श्रीमती र नावालिका छोरीलाइ निरन्तर म्यासेज र फोनमा अश्लिल व्यवहार गर्न लगाएको आरोपमा उप्रेती विरुद्ध पिडित पक्षका श्रीमानले श्रावण ७ गते जिल्ला प्रहरी कार्यालय चितवनमा गई उजुरी दिएका हुन् ।
कामको शिलशिलामा आफु सधैं बाहिर भएको समयमा श्रीमतीसंग वडा अध्यक्षले पटक पटक फोनमा कुराकानी गर्ने, म्यासेन्जरमा आपत्तिजनक कुराकानी गर्ने तथा रातको समयमा आफ्नो नावालिग छोरीको विभिन्न किसिमको तस्विर माग्ने गरेको उजुरीमा उल्लेख छ ।
वडाअध्यक्ष उप्रेती र आफ्नी श्रीमतीको गलत क्रियाकलापको शिकार आफ्नी नावालिग छोरी हुन गएको भन्दै वडाअध्यक्ष उप्रेतीलाई तत्काल झिकार्इ कारवाहि गर्न उनले प्रहरीमा निवेदन दायर गरेको उजुरीमा उल्लेख छ ।
यसअघि पनि जिल्ला प्रहरी कार्यालय चितवनमा उप्रेती विरुद्ध उजुरी लिएर जाँदा प्रहरीले विभिन्न कारण देखाउदै उजुरी फिर्ता गराएको उनको आरोप छ । यस विषयमा जिल्ला प्रहरी कार्यालयमा बुझ्दा प्रहरीले कार्यालयमा निवेदन आएको र यसलाई छलफल मार्फत टुंग्याउने बताएको छ ।
नेकपा एमालेबाट निर्वाचित वडा अध्यक्ष उप्रेती वडा अध्यक्ष बनेका यो दोस्रो कार्यकाल हो । उनी नेकपा एमाले राप्ती नगर कमिटी उपाध्यक्ष समेत हुन ।
पिडित निबेदकका अनुसार प्रहरीले छिटो भन्दा छिटो दोषीलाई कार्वाहि गरि न्याय गरिदिए आफु निर्धक्क साथ काम गर्न पाउथे र परिवार पाल्न सहज हुन्थियो भन्दै न्याय दिलाउन सम्बन्धित सबै निकाय सम्म समेत अपिल गरेका छन् ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८